अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३
| Colorodo: 08:38
अर्घाखाँचीकाे सिमलपानीमा झर्नामा नुवाउने क्रममा खाेलाले बगाएर दुई जनाकाे ज्यान गएको छ । शितगंगा नगरपालिका वडा नम्बर १४ ढावामा छहरे खाेलाबाट बगेको झर्नामा नुहाउने क्रममा कपिलवस्तुकाे वाणगंगा नगरपालिका–२ का २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रासकोटीकाे खाेलाले बगाएर ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
आज दिउँसो झर्नामा नुवाउने क्रममा बगेका दुवै जनाकाे शव घटनास्थलदेखि तल खोलामा भेटिएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दीपेन्द्र रावलले बताउनुभयो ।