संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले पर्यटन क्षेत्रमा रहेका नीतिगत समस्यालाई परिमार्जन गर्ने बताउनुभएको छ ।समवार ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को ४६ औं साधरण सभामा बोल्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।मन्त्री पाण्डेले सरकार पर्यटन नीति परिवर्तन गर्ने संघारमा रहेको उल्लेख गर्नुभयो । उहाँले संस्कृति नीति,हवाई नीति र पर्यटन ऐन पनि संशोधनको अन्तिम चरणमा पुगेको भन्दै त्यसमा निजी क्षेत्रले आवश्यक सुझाव दिन आग्रह गर्नुभयो ।
मन्त्री पाण्डेले पर्यटन मन्त्रालय सरकारले मात्रै चलाउन असम्भव रहेको पनि बताउनुभयो । उहाँले संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालय केवल सरकारको मात्रै नभएको बताउनुभयो । उहाँले पर्यटन मन्त्रालय भुमिका,कार्यक्षेत्रका दृष्टिकोणले सरकारले मात्रै मन्त्रालय चलाउन असम्भव रहेको बताउनुभयो ।मन्त्री पाण्डेले पर्यटन क्षेत्रका चुनौती समाधानको लागि निजी क्षेत्रकै सार्थक हस्तक्षेप र क्रियाशिलताको आवश्यक रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रको सक्रियता विना मुलुकको पर्यटन क्षेत्रको विकास नहुने उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयलाई पर्यटन क्षेत्रका काम गर्ने टान लगायतका संस्थासँग निरन्तर पर्यटन संवाद गर्ने वातावरण बनाउने बताउनुभयो ।
मन्त्री पाण्डेलले मन्त्रालयले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्ने अघि बढाउने प्रतिवद्धता जनाउनुभयो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले सरकारले अहिले पनि रफ्तार समाउन नसकेको बताउनु भयो । उहाँले पर्यटनमन्त्री मन्त्रालय सम्हालेको ५० दिनसम्म पनि अध्ययनमा नै रहेकाले केही काम हुन नसकेको बताउनुभयो ।
मन्त्री पाण्डेले मन्त्रीहरु ५० दिनसम्म अध्ययन मात्रै गरेर बस्दा प्रधानमन्त्रीले सोचे जस्तो काम हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले सरकार गठन भएको एक महिना भन्दा बढी हुँदा पनि सरकारका मन्त्रीहरुले भने जस्तो काम गर्न सकेको स्वीकार गर्नुभयो । उहाँले सबै मन्त्रीहरुले समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । मन्त्री पाण्डेले पछिल्लो समय विदेश पलायन भइरहेका युवालाई रोक्नको लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताउनुभयो ।