अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२०
| Colorodo: 09:35
गण्डकी प्रदेशमा मन्त्रालय थपिएको छ । यसअघि ७ मन्त्रालय रहेको गण्डकीमा फुटाएर ९ मन्त्रालय पुर्याइएको हो । हाल भएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाइएको हो । उद्योग तथा पर्यटन र वन तथा वातावरण मन्त्रालय छुट्टाछुट्टै बनाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।
आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको हो । मन्त्रालय थपे पनि संगठन संरचना थप गर्नुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । ‘मन्त्रालय मात्रै थपिएको हो । संगठन संरचनामा कुनै असर पर्दैन । अहिले पनि मन्त्रालय ९ वटै छन्, सचिवहरु ९ जना छन्,’ उहाँले भन्नुभयो, ‘अब मात्र मन्त्री थपिने हो । उहाँका २–३ जना सहयोगी थप होलान् ।’