अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३५ | Colorodo: 23:50

डेङ्गीका बिरामीको सङ्ख्या ६ हजार नाघ्यो, हैजाका बिरामी ७५ जना पुगे

बिआरटीनेपाल २०८१ भदौ १५ गते ६:११ मा प्रकाशित

देशभर डेङ्गीका बिरामीको सङ्ख्या ६ हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण देखिएको छ । पछिल्लो तथ्याङ्कअनुसार ६ हजार तीन सय ४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

यस्तै सङ्क्रमणका कारणले तीन जनाको ज्यान गएको छ । डेङ्गीको सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ५४ जनामा सङ्क्रमण देखिएको छ । कोशी प्रदेशमा सात सय ९१, मधेसमा एक सय, बाग्मतीमा एक हजार ६ सय २३, लुम्बिनीमा चार सय ४४, कर्णालीमा ९३ र सुदूरपश्चिम प्रदेशमा तीन सय ४२ जनामा सङ्क्रमण देखिएको छ ।

सबैभन्दा धेरै प्रभावित जिल्ला तनहुँमा एक हजार एक सय १६ जना सङ्क्रमित छन् । यस्तै काठमाण्डौ जिल्लामा पाँच सय ११, भक्तपुरमा ६९ र ललितपुरमा एक सय जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू