गायिका अन्जु पन्त अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको आयोजनाको लागि अमेरिका पुगेकी छिन् l इनासको पहिलो प्रस्तुतिको लागि कलाकार अन्जु पन्तलाई बोलाएको हो l
आगामी अगस्त १३ तारिख आइतबार हुने कार्यक्रमको तयारीका विषयमा जानकारी दिइने उद्देस्यले गत अगस्त ८ तारिख पत्रकार भेटघाटको कार्यक्रम गरिएको
थियो l
l
पत्रकार भेटघाट कार्यक्रममा कलाकार अन्जु पन्त को उपस्थिति रहेको थियो भने उनले आफ्नो सर्वाधिक चर्चित गीत नबिर्से तिमिलाई एक अंश सुनाएकि थिइन् l उनले दर्शक श्रोताहरुलाई मन पर्ने गीतका कोशेलीहरु वोकेर आएको समेत बताउदै डीसी क्षेत्रका सवैलाई आउन आग्रह गरिन l
ईनास अमेरिकाका अध्यक्ष आनन्दु लामा, ईनास अमेरिका भर्जिनिया शाखाका अध्यक्ष गोविन्ददाश श्रेष्ठ तथा रमेश मैनालीले समेत मन्तब्य राखेका थिए भने संचार कर्मीले केहि जिज्ञाशा समेत राखेका थिए l
ईनास का सल्लाहकार तथा वरिष्ठ गायक मधु क्षेत्रीले अन्जु पन्तको बारेमा बोल्दै अहिले पनि नेपाली गायिकाको कमि छ र आफ्नो पालामा पनि कमि रहेको बताए l
गायक क्षेत्रीले अन्जु पन्त को गीत सुने पछि राम्रो लागेको बताए l उनले थप गर्दै गीत गायन बाट नै भबिष्य थाहा हुन्छ भन्दै गायन क्षेत्रमा लामो समय सम्म रहेकोले हामी ज्योतिस जस्तै हुने बताए l उनले अन्जु पन्तको प्रसंसा गर्दै ईनासको सौभाग्य हो भन्दै सबैलाई अवसर नगुमाउन आग्रह गरे l