अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४ | Colorodo: 05:49

एकीकृत समाजवादीको वरिष्ठ नेतामा तीन जना मनोनीत

बिआरटीनेपाल २०८१ भदौ १३ गते ६:४० मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)ले तीन जना नेतालाई वरिष्ठ नेतामा मनोनीत गरेको छ । केन्द्रीय कमिटी बैठकले बेदुराम भुसाल, प्रवेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनीत गरेको हो ।वरिष्ठ उपाध्यक्ष पदमा दाबी गरेका तीन जनालाई बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको हो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत चयन हुनुभएको थियो । तर १७ पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि मतदान भएको थियो ।

यसैबिच बैठकले पार्टीका आगामी कार्यक्रम बनाउने जिम्मा पार्टी शीर्ष नेता(स्थायी कमिटी)लाई दिएको छ । पार्टीको पहिलो पूर्ण बैठकले पार्टीका आगामी कार्यक्रम र नेताहरूको जिम्मेवारी बाँडफाँट गर्ने जिम्मा शीर्ष नेतालाई दिएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो । साथै बैठकले भ्रष्टाचार निवारण ऐनमा पाँच बर्से हदम्याद राख्ने सरकारी पक्षको तयारीविरुद्ध सशक्त आवाज उठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू