नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएकाले नै संसदीय समितिमा बयान दिनुपरेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नताको प्रमाण रहेको बताउनुभएको हो। उहाँले आफूहरुसँग भएको प्रमाण छानबिन समितिलाई दिएको र सोही प्रमाणका आधारमा लामिछानेमाथि बयान लिइएको उल्लेख गर्नुभयो ।
थापाले ९ मिनेटमा सबै बताउँछु भनेर लामिछानेले भन्ने गरेको भन्दै ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था प्रमाणकै कारण आएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘केही दिनदेखि संसदमा केही साथीहरुले प्रमाण खोईरु प्रमाण खोईरु भनेर खोजिराख्नु भएको पाएँ। त्यत्रो तथ्य, प्रमाणहरु भएरै त होला यत्रो संसदमा संघर्ष गरेर संसदीय समिति हामीले बनाएका छौँ। त्यो संसदीय समिति हामीले लडेर बनाएको हो नि। त्यसको टिओआर हामीले लेख्न लगाएको हो। नाम लेख्न लगाएको हो। कम्पनीको नाम लेख्न लगाएको हो। अनि त्यो तथ्य, प्रमाणहरु दिएनौँ होला हामीलेरु हामीसँग भएको तथ्य, प्रमाणहरु पुगेन होला समितिमारु हाम्रा साथीहरुले बोकेर जानु भएको छैन होलारु अनि यसमा ख्याल गर्नु भएनरु नौ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकोले आएको होइन होला?’
थापाले लामिछानेले सफाइ पाएको नभइ बयान दिएको कुरा स्मरण गर्न आग्रह गर्नुभयो। फैसला आउन बाँकी रहेको भन्दै फैसलासम्म कुर्न पनि थापाले आग्रह गर्नुभएको छ । उहाँले थप्नुभयो, ‘बरु साथीहरु झुक्किनु भयो कि भन्ने लागेको छ मलाई। बयान हो बयान। सफाइ होइन। फैसला त आउनै बाँकी छ। त्यसैले म त फैसला कुरेर बसिरहेको छु। तथ्य, प्रमाणको आधारमा फैसला आउँछ भनेर बसिरहेको छु। त्यो समितिमा बस्ने प्रत्येक साथीमाथि विश्वास छ मलाई। तर रास्वपाका साथीलाई अलि अफ्ठ्यारो पर्ला किरु किनकि कालोलाई सेतो कसरी भन्नुरु त्यसैले दिन गनौँ। राम्रोसँग गनौँ। औँला भाँचेर गनौँ। लेखेर गनौँ। खरिले, मसिले जेले गने पनि हुन्छ। फैसला आउने दिन गनौँ। फैसला आएपछि सँगै बसौँला।’