अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:११ | Colorodo: 01:26

नाइजेरियामा बाढीबाट १ सय ७० बढीको मृत्यु

बिआरटीनेपाल २०८१ भदौ १२ गते ७:५७ मा प्रकाशित

नाइजेरियामा भारी वर्षापछि आएको लगातारको बाढीबाट १ सय ७० जनाको मृत्यु भएको छ । नाइजेरिया सरकारका अनुसार हप्तौसम्मको बाढीले दुई लाखभन्दा बढीलाई विस्थापित गरेको छ ।उत्तरी नाइजेरिया बाढीबाट सबैभन्दा बढी प्रभावित बनेको नाइजेरियाको विपद् व्यवस्थापन निकायले जनाएको छ । नाइजेरियाको अन्य भागहरू पनि जोखिममा रहेका कारण लाखौं मानिसलाई सुरक्षित स्थानतर्फ सर्न आदेश दिइएको छ ।

मुसलधारे वर्षाका कारण दुई ठुला नदीहरु नाइजर र बेनुको पानीको सतह बढेर बस्तीसम्म प्रवेश गर्दा सयौं घर डुबानमा परेका छन् । बाढीमा परि झण्डै २ हजार घाइते भएको र एकलाख हेक्टरभन्दा बढी खेतबारी नष्ट भएको छ । नाइजेरियामा मनसुनी वर्षाको समय अक्सर मुसलधारे वर्षा हुने गरेको छ । सन् २०२२ मा आएको बाढीमा ६ सयभन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू