अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१
| Colorodo: 00:56
बंगलादेशको अन्तरिम सरकारले जमात–ए–इस्लामी पार्टीमाथि लगाएको प्रतिबन्ध हटाएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै जमात–ए–इस्लामी र यसको विद्यार्थी संगठन इस्लामी छात्र शिविरमाथि लगाएको प्रतिबन्ध हटाएको हो ।
जमात, शिविर र यसको प्रमुख संगठनहरु आतंकवादी गतिविधिमा संलग्न रहेको प्रमाण नभएको भन्दै सूचनामा भनिएको छ, ‘यो संगठन आतंकवादी गतिविधिमा संलग्न छैन भन्ने सरकारको विश्वास छ ।’
शेख हसिना सरकारले १ अगष्टमा जमात–ए–इस्लामीका साथै छात्र शिविरका संगठनहरुलाई राजनीतिक गतिविधिमा भाग लिन प्रतिबन्ध लगाएको थियो ।