अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४०
| Colorodo: 00:55
इजरायली सेनाको आक्रमणमा वेस्ट बैंकमा कम्तीमा ११ जना प्यालेस्टिनी मारिएका छन् । इजरायलले आफूले कब्जामा लिएको वेस्ट बैंकको उत्तरी क्षेत्रमा ठूलो सैन्य कारबाही शुरू गरेको हो ।अल–फरा शरणार्थी शिविरमा भएको हवाई आक्रमणमा ५ तथा जेनिनमा ड्रोन आक्रमण र सशस्त्र झडपमा ६ जना मारिएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
इजरायली सेनाले जेनिन र तुलकार्ममा आतङ्कवादी गतिविधि नियन्त्रणका लागि अभियान चलाइरहेको बताएको छ । इजरायली सेनाको यो ठूलो अभियान रहेको तथा एकैसाथ ४ वटा प्यालेस्टिनी शहर– जेनिन, तुलकार्म, नब्लुस र तुबस लक्षित आक्रमण भइरहेको खबरमा उल्लेख छ । यसैबीच इजरायली सेना जेनिनमा रहेको अस्पतालमा प्रवेश गरेको बताइएको छ ।