अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२० | Colorodo: 08:35

नेपाली समाजमा नैतिकता हराउँदै गयोः कांग्रेस सभापति देउवा

बिआरटीनेपाल २०८१ भदौ १० गते ७:१० मा प्रकाशित

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व बिथोल्नेहरुलाई कारबाही गर्न आग्रह गर्नुभएको छ । सोमबार काठमाडौँमा आयोजित गौरा पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। नेताहरु गौरा पर्व मनाउन पुग्दा केही युवाहरुले नेताहरुको विरोधमा नाराजुलुस गरेका थिए। सोही विषयमा बोल्दै उहाँले काठमाडौँमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरुलाई काठमाडौँवासीले ठीक पार्नुपर्ने बताउनुभयो।

सभापतिले विरोध गर्नेहरुपछाडि कसको हात छ र कुन तत्व त्यसको पहिचान गरी कारबाही गर्नुपर्ने बताउनुभयो। उहाँले नेपाली समाजमा नैतिकता हराउँदै गएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘धेरै साथीहरु देउडा खेल्न आएका छन्। गौरा पर्व सुन्न दिँदैनन्। न गौरा खेल्न दिन्छन्। यस्ता कार्यक्रम बिथोल्नेहरु यहाँ बसेका छन्। यसको पछाडि को छ, को तत्व छ, त्यसलाई यहाँका जनताले ठीक पार्नुपर्छ भन्ने मलाई विश्वास छ। अहिले यो गौरा पर्व जो छ, यो सुदूरपश्चिम, कर्णालीका जिल्लाहरुमा मनाइन्छ। यो अत्यन्तै महत्वपूर्ण चाडपर्व हो। यस्ता आयामहरुले हाम्रो देशलाई सुदूरपश्चिमको संस्कृति, कर्णालीको संस्कृतिलाई चिनाउन पनि गौरा पर्वले धेरै महत्व खेलेको छ।’

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू