अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४१
| Colorodo: 05:56
साविक विजेता भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै बङ्गलादेश २० वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलकाे फाइनलमा पुगेकाे छ ।ललितपुरकाे सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्स मैदानमा आज भएकाे दाेस्राे सेमिफाइनलमा बङ्गलादेशले भारतलाई ४–३ ले हरायाे । निर्धारित ९० मिनेटकाे समयमा १–१ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।
अब बङ्गलादेशले उपाधिका लागि पर्सि बुधवार नेपालसँग खेल्नेछ । हिजाे भएकाे पहिलाे सेमिफाइनलमा भुटानलाई हराउँदै नेपाल फाइलनमा पुगेकाे थियाे । फाइनल खेल काठमाण्डाैकाे त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा हुनेछ । गएको संस्करणमा भारतले बङ्गलादेशलाई हराउँदै उपाधि जितेको थियो ।