अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६ | Colorodo: 11:31

थाइल्याण्डमा हुने छैटौँ बिमस्टेक शिखर सम्मेलन स्थगित

बिआरटीनेपाल २०८१ भदौ १० गते ६:१४ मा प्रकाशित

थाइल्याण्डमा हुने भनिएको छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन अचानक स्थगित गरिएको छ । भदौ १८ र १९ मा हुने भनिएको बिमस्टेक शिखर सम्मेलन स्थगित भएकोबारे थाइल्याण्डले सदस्य राष्ट्रहरूलाई पत्र पठाएर जानकारी गराएको छ । तर स्थगित सम्मेलनको नयाँ मिति भने तय भइसकेको छैन ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार थाइल्याण्डले तोकिएको समयमा सम्मेलन नहुने भनेर जानकारी गराएपनि सम्मेलनको अर्को मिति उल्लेख छैन । थाइल्याण्डमा परिवर्तित राजनीतिक घटनाक्रमका कारण सो सम्मेलन स्थगित भएको भनिएको हो ।

सो सम्मेलनमा भाग लिनका लागि प्रधानमन्त्री केपी शर्मा ओली जाने तयारी भइरहेको थियो । सम्मेलन स्थगित भएसँगै ओलीको भ्रमण कार्यक्रम पनि रद्द गरिएको छ । अब प्रधानमन्त्री ओली अमेरिकामा हुने युएनको महासभामा भाग लिन जाने तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू