राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले भलिबल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङले भलिबलको मुख्य प्रशिक्षकमा जगदीश भट्ट र तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई नियुक्त गर्नुभएको हो ।
२०५४ सालमा सहायक प्रशिक्षकका रूपमा सेवामा प्रवेश गरेका भट्टले १८ वर्षदेखि राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। प्रज्वलमान सिंहले उमेर हदका कारण अवकाश पाएपछि भट्टलाई जिम्मेवारी दिइएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले जानकारी दिनुभयो ।
यस्तै २०५२ सालमा सहायक प्रशिक्षकका रूपमा सेवामा प्रवेश गरेका योन्जन अहिले सिरहा जिल्ला खेलकुद विकास समितिमा नायव वरिष्ठ प्रशिक्षकका रूपमा कार्यरत हुनुहुन्छ । यसअघि नविन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षिकको जिम्मेवारी निर्वाह गर्दै आउनुभएको थियो ।