अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२३ | Colorodo: 14:38

विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैन : शिक्षामन्त्री भट्टराई

बिआरटीनेपाल २०८१ भदौ ८ गते ५:१५ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पार्नुभएको छ ।आज बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले त्रिभुवन विश्वविद्यालयमा भएको गुण्डागर्दी नियन्त्रणका लागि नै गृहमन्त्रीसँग सुरक्षा मागेको उल्लेख गर्नुभयो । विश्वविद्यालयमा गुण्डागर्दी र अपराधिकरण स्वीकार्य नभएको बताउनुभयो । उहाँले यस्ता गतिविधिमा राजनीतिक संरक्षण हुन नहुने कुरामा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू