अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२४
| Colorodo: 02:39
अफगानिस्तानमा हाल १ लाख ३० लाखभन्दा बढी अफगान महिला महिलाको स्वामित्वमा रहेको व्यवसायमा संलग्न छन् ।अफगानिस्तानको कार्यवाहक सरकारले अगस्ट २०२१ मा सत्ता हातमा लिएपछि २ हजार ५ सयभन्दा बढी महिला उद्यमीहरूले व्यापार इजाजतपत्र प्राप्त गरिसकेका छन् । अन्य १ लाख ३० हजारभन्दा बढी अफगानी महिलाहरू हाल इजाजतपत्र बिना व्यापार गतिविधिमा संलग्न छन् ।
सामान्यतया महिला कृषि, पशुपालन, स्वास्थ्य, उद्योग, रसद र सेवाहरूसहित नौ क्षेत्रमा सक्रिय छन् । अफगानिस्तान वुमन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका प्रवक्ता नाजानिन अहमदजाइले चेम्बर अफगान महिला उद्यमीहरूलाई सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।