अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:११ | Colorodo: 10:26

मुकुल ढकालको दावी : रविले भ्रष्टाचार, पासपोर्ट दुरूपयोग र सहकारी ठगी गरेको प्रमाण मसँग छ

बिआरटीनेपाल २०८१ भदौ ७ गते ९:१२ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री मुकुल ढकालले पार्टीले सोधेको दोस्रो स्पष्टीकरणको जवाफ दिनुभएको छ। भदौ ५ गते बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट पनि किन नहटाउने भन्दै स्पष्टीकरण माग गरेको थियो । उहाँले त्यसको जवाफ दिँदै आफूमाथिको कारबाही पार्टीको विधान,नियमावली,कार्यविधि,पार्टी केन्द्रीय समितिको विगतको निर्णयको बर्खिलाप भएको बताउनुभएको छ। पार्टीलाई स्वार्थको झुन्डबाट बचाउन आफूले केही कदमहरू चालेको बताउँदै ढकालले त्यो कदमलाई पार्टीको हित विपरीत भन्नु सरासर गलत भएको बताउनुभयो ।

यसअघि ३० साउनमा पनि रास्वपाले मुकुलसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो। जसको जवाफमा ढकालले सभापति रवि लामिछानेलाई नैतिक धरातलमा उभिएको पुष्टि गर्न चुनौती दिनुभएको थियो। रास्वपाले २५ असारमा ढकाललाई महामन्त्री,प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो।

सचिवालयले सोधेको स्पष्टीकरणमा ढकालले चित्त बुझ्दो जवाफ नदिएपछि केन्द्रीय समिति बैठकले दोस्रोपटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। उहाँले दोस्रो पटक स्पष्टीकरण सोधेर सभापति रवि लामिछानेले पार्टीमा विधिविधान विपरीत,थितिरहित हैकमे निरङ्कुश शासन चलाइरहेको आरोप लगाउँदै आफू पार्टी जोगाउन लागिपरेको बताउनुभएको छ। ढकालले आफूमाथि गरिएको कारबाहीको कागजात प्रमाणहरूको प्रतिलिपि माग्दा सभापति लामिछानेले उल्टै स्पष्टीकरण पठाएको आरोप लगाउनुभएको छ ।

प्रतिक्रिया