अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०० | Colorodo: 15:15

राजनीति र समाज विकृतिले व्याप्त छ : अध्यक्ष नेपाल

बिआरटीनेपाल २०८१ भदौ ७ गते ८:३४ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीति र नेपाली समाजमा विकृति र विसंगतिहरु व्याप्त रहेको बताउनुभएको छ ।शुक्रबार काठमाडौंमा तिज गीत विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले विकृति र विसंगतिका कारण हरेक परिवार र समाजलाई ठूलो समस्यामा पारेको उल्लेख गर्नुभयो । उहाँले सामाजिक रुपमा अपहेलित भएका, महिला समुदायहरु यसबाट झनै बढी पीडामा परेको बताउनुभयो ।

अध्यक्ष नेपालले विकसित भइसकेको भनिएको समाजमा पनि महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार हुने गरेको बताउनुभयो । उहाँले त्यस्ता विकृतिलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले देशमा उत्पादन नबढ्नु, रोजगारी नहुनुले विभिन्न समस्या सिर्जना भइरहेको बताउनुभयो । उहाँले देशभित्र रोजगारी नपाएर विदेश जाने परिपाटीको अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो ।अध्यक्ष नेपालले चाडपर्वले चिन्तालाई कम गराउने बताउनुभयो । उहाँले समाजको वास्तविकता उजागर गर्ने नाममा मान्छेमा नकारात्मकताको मात्रै सन्देश दिइरहेको बताउनुभयो । तिजले नेपाली महिलाहरुको अनुहारमा सधैँ उज्यालो छर्न सक्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू