अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 14:56

माओवादीको निष्कर्ष- पार्टी फुट्दैछ भन्ने तरंग हल भइसक्यो, अहिले नेतृत्वको बहस गर्ने बेला होइन

बिआरटीनेपाल २०८१ भदौ ६ गते ७:२५ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले पार्टी फुट्दैछ भनेर भएको तरंग हल भइसकेको जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बागमती प्रदेशको परामर्श समितिको बैठकले छलफल आन्तरिक रुपमा चल्दै गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो । उपमहासचिव जनार्दन शर्माको प्रस्तावले पार्टीबारे ल्याएको तरंगबारे उहाँले भन्नुभयो, ‘बाहिर जसरी तरंग ल्याएको थियो त्यो हल भइसकेको छ । आन्तरिक रुपमा छलफल त चल्दै जान्छ । केन्द्रीय समितिको बैठकमा पुग्दा निष्कर्षमा पुग्छ । पार्टी फुट्छ, फुटाउँदैछ भन्ने कुरा करिब करिब हल भएको छ । अध्यक्षले खारेज भइसक्यो भन्नुभएको छ । त्यसमा हाम्रो सहमति छ ।’

सापकोटाले अहिले नेतृत्वबारे बहस गर्ने बेला नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एकताबद्ध हुनुपर्छ अहिले नेतृत्वको बारेमा छलफल बहस गर्ने बेला होइन । यो अन्र्तरसंघर्षको समय होइन वर्ग संघर्षको समय हो । सदनलाई प्रभावकारी बनाएर आवश्यक परे सडक संघर्षको कार्यक्रम तय गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू