अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३९ | Colorodo: 14:54

त्रिविमा सत्ताधारी दलका भातृ सङ्गठनकै कारण असुरक्षा बढ्याे : सुमना श्रेष्ठ

बिआरटीनेपाल २०८१ भदौ ६ गते ६:५२ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा सत्ताधारी पार्टीकै विद्यार्थी सङ्गठनका कारण प्रशासनिक काम ठप्प भएको र पदाधिकारीहरू डरले कार्यालय जानसमेत नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।प्रतिनिधिसभाकाे आजकाे बैठकमा सांसद श्रेष्ठले त्रिवि विश्वविद्यालयको कुलपति प्रधानमन्त्री, समस्या निम्तनुमा प्रधानमन्त्री ओलीकै दलको भातृ सङ्गठनको दादागिरी र अझै पनि प्रधानमन्त्रीले शिक्षक र विद्यार्थीले राजनीति गर्न पाउनुपर्छ भनेर हिँडेको भन्दै व्यङ्ग्य पनि गर्नुभएको छ ।

उहाँले भन्नुभयाे, ‘त्रिविकाे कुलपति प्रधानमन्त्री, क्याम्पसमा प्रधानमन्त्रीकै दलकाे दादागिरी छ । अनि शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिको रूपमा बोल्दै हिँड्ने पनि प्रधानमन्त्री ।’ आजकाे बैठकमा सांसदहरूले बाढी पहिरोको क्षति, गाडी दुर्घटना लगायतका विषय उठाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू