अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२९ | Colorodo: 02:44

युक्रेनद्वारा रुसको मस्कोमा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण

बिआरटीनेपाल २०८१ भदौ ६ गते ६:४९ मा प्रकाशित

युक्रेनले रुसको मस्कोमा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण शुरू गरेको छ । पछिल्लो समय रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेर १२ सय वर्गकिलोमिटर क्षेत्र कब्जा गरेको युक्रेनले गएराति आफूले प्रहार गरेकामध्ये अहिलेसम्मकै ठूलो ड्रोनबाट मस्कोमा आक्रमण गरेको कतारको सञ्चारमाध्यम अल जजीराले जनाएको छ ।रुसको रक्षा मन्त्रालयले युक्रेनले आक्रमणका क्रममा ११ वटा ड्रोन खसालेको र त्यसमध्ये एउटा युक्रेनले प्रहार गरेकोमध्ये अहिलेसम्मकै ठूलो रहेको जनाएको छ । मस्कोलाई लक्षित गरेर प्रहार गरेका केही रकेट र ड्रोनलाई ३८ किलोमिटर परको पोडोल्स्क शहरमा खसालेको रुसले जनाएको छ ।

‘यो ड्रोनको प्रयोग गरेर मस्कोमाथि आक्रमण गर्ने अहिलेसम्मकै सबैभन्दा ठूलो प्रयास हो’, मस्कोका मेयर सर्गेई सोब्यानिनले टेलिग्राम मेसेजिङ एपमा भन्नुभएको छ । ड्रोन आक्रमणबाट कुनै क्षति वा मानवीय हताहत भएको छैन । युक्रेनले कहिलेकाँही रुसमा आक्रमण गरे पनि मस्को लक्षित आक्रमण निकै दुर्लभ मानिन्छ । मस्कोमा भएको आक्रमणपछि भ्नुकोभो, डोमोडेडोभो र जुकोवस्की विमानस्थलमा रातभर अस्थायी प्रतिबन्ध लगाइएको थियो तर तीन वटै विमानस्थल अहिले सामान्य अवस्थामा सञ्चालनमा आएका छन् । रुसले यो आक्रमणको उपयुक्त जवाफ दिने चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू