अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४० | Colorodo: 14:55

संक्रमणकालिन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

बिआरटीनेपाल २०८१ भदौ ६ गते ६:४३ मा प्रकाशित

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो ।

जसलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो । पछिल्लो पटक सरकारले २५ फागुन २०७९ मा प्रतिनिधिसभामा संशोधन विधेयक दर्ता गराएको थियो । राष्ट्रियसभाबाट पनि विधेयक पारित भएकाले अब राष्ट्रपतिले प्रमाणीकरण गर्ने बाटो खुलेको छ । विधेयक कानुनमा रुपान्तरित भएसँगै आयोग गठनको प्रक्रिया शुरु हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू