अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३४ | Colorodo: 16:49

सङ्गीत उद्योग सङ्घको कार्यालयमा मानव बेचबिखन अनुसन्धान ब्युरोकाे छापा

बिआरटीनेपाल २०८१ भदौ ५ गते ४:५३ मा प्रकाशित

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले नेपाल सङ्गीत उद्योग सङ्घको कार्यालयमा छापा मारेको छ । काठमाण्डाैकाे अनामनगरमा रहेको सङ्घको कार्यालयमा आज छापा मारेको ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिनुभयो । नक्कली कलाकार र गायकको कागजात बनाएर अस्ट्रेलिया पठाउने समाचार आएपछि छापा मारेको उहाँले बताउनुभयो ।

प्रहरीले केही थान कम्प्युटर र कागजपत्र बरामद गरे पनि कसैलाई पक्राउ गरेको छैन । सम्बन्धित व्यक्तिलाई बोलाएर सोधपुछ गर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू