अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३३ | Colorodo: 16:48

कम्युनिस्टहरूमा बुद्धि पछि आउँदो रहेछ : माधव नेपाल

बिआरटीनेपाल २०८१ भदौ ४ गते ७:३५ मा प्रकाशित

नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले शीर्ष नेताहरूलाई आफूले गरेको गल्ती स्वीकार गर्न आग्रह गर्नुभएको छ । समाजवादी चिन्तक स्व। प्रदीप गिरिको स्मृतिमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले जनताको मत सदुपयोग गर्न सक्यौँ कि सकेनौँ भन्नेमा समीक्षा गर्न आग्रह गनुृभयो । “नेताहरूलाई भन्न चाहन्छु, आफूबाट केके कमजोरी भएका छन् । स्वीकार गर्नुस् । बहुमत दिएका छन्, सदुपयोग गर्न सक्यौँ कि सकेनौँ,” नेपालले भन्नुभयो ।

अध्यक्ष नेपालले संविधान संशोधनका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सम्झौता गरेर मात्रै नहुने बताउनुभयोए । “संविधानले के दिएको छ, के दिएको छैन, अवश्य छलफलको विषय बन्छ । तर, मध्यरातमा गएर । दुई नेताले कागजमा सही गरेर हुन सक्नेवाला छैन,” उहाँले भन्नुभयो । नेपालले संविधान संशोधनको विषयमा खुल्ला बहस नगरेर मध्यरातमा हस्ताक्षर गर्दा शंका भएको बताउनुभयो । विश्वमा कुनै पनि प्रणाली कमीकमजोरी मुक्त नरहेको उहाँको भनाइ छ । नेपालले कांग्रेसमा असहमति भए पनि मिलेको भन्दै कम्युनिस्टको बुद्धि पछि आउने बताउनुभयो । “कम्युनिस्टहरूमा बुद्धि पछि आउँदोरहेछ । विनम्र हुनु भनेर सिकाए गाली आउँछ,” उहाँले भन्नुभयो।

नेपालले नेता र पार्टीप्रति बढ्दो वितृष्णा चिर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । “नेताहरूप्रति वितृष्णा फैलिएको छ । पार्टीप्रति वितृष्णा फैलिएको छ । त्यो चिर्न जरुरी छ,” उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू