अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१२ | Colorodo: 05:27

अमेरिकाका विश्वविद्यालयमा विरोध प्रदर्शनमा कडाइ गर्ने तयारी, विद्यार्थीले मास्क लगाउन नपाउने

बिआरटीनेपाल २०८१ भदौ ४ गते ७:१३ मा प्रकाशित

अमेरिकाका विश्वविद्यालयमा टेन्ट, अनुहारमा लगाउने मास्क र विरोध प्रदर्शनसँग सम्बन्धित अन्य सामग्री बन्देज गर्ने तयारी भएको छ । विद्यार्थीहरूले देश र विदेशका विभिन्न विषयलाई लिएर विरोध प्रदर्शन गर्ने क्रम तीव्र बन्न थालेपछि विश्वविद्यालयमा टेन्ट, मास्क लगायतका विरोध प्रदर्शनमा प्रयोग हुने वस्तु प्रतिबन्ध लगाउने तयारी भइरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यो वर्षको शुरूमा प्यालेस्टाइनको समर्थनमा विद्यार्थीहरूको आन्दोलनले क्यालिफोर्निया विश्वविद्यालय अस्तव्यस्त बनेको थियो । युनिभर्सिटी अफ क्यालिफोर्नियाका अध्यक्ष माइकल वी ड्रेकले विश्वविद्यालयले आफ्ना क्याम्पसहरूमा थप स्थिरता ल्याउन धेरै कदम चाल्ने बताउनुभएको छ । क्याम्पिङ गर्ने, अनधिकृत संरचना बनाउने, अनुहार छोप्न वा पहिचान लुकाउनका लागि मास्क लगाउने लगायतका गतिविधिमा प्रतिबन्ध लगाउन उहाँले प्रस्ताव गर्नुभएको छ ।

गाजामा जारी इजरायल–हमास द्वन्द्वको बीचमा संयुक्त राज्य अमेरिकाभरि कलेज र विश्वविद्यालयहरूमा प्यालेस्टाइन समर्थक प्रदर्शन फैलिएको थियो । विश्वभर विभिन्न विषयलाई लिएर भइरहेका द्वन्द्वको पक्ष र विपक्षमा अमरिकी विश्वविद्यालयहरूमा आन्दोलन नहोस् भनेर प्रतिबन्धको तयारी गरिएको समाचारमा जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू