अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४८ | Colorodo: 20:03

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

बिआरटीनेपाल २०८१ भदौ २ गते ६:१८ मा प्रकाशित

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गर्नुभएको छ । आइतवार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उहाँ भारत प्रस्थान गर्नुभएको हो ।परराष्ट्रमन्त्री राणाले पाँच दिन भारत भ्रमणमा बिताउनु हुनेछ । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा राणा भारत भ्रमणमा जानुभएको हो ।

भारत भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ । परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू