अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४४ | Colorodo: 19:59

बक्यौता विवादमा उद्योगीको बिजुली काट्नु ठूलो गल्ती हो : उर्जामन्त्री खड्का

बिआरटीनेपाल २०८१ भदौ १ गते ६:५३ मा प्रकाशित

उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बिजुलीको बक्यौता नतिर्ने उद्योगीको बिजुली काट्नु ठूलो गल्ती हुने बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणको ३९ औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री खड्काले ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग गरेबापत उद्योगीबाट न्यायसङ्गत तरिकाले बक्यौता असुल गर्नुपर्ने तर लाइन काट्न नहुने बताउनुभएको हो ।‘उद्योगको बिजुली काट्नु भनेको मानिसकोे घाँटी काट्नुसरह हो, बिजुली काटेपछि त्यहाँका कामदारको हालत के हुन्छ त ?’ मन्त्री खड्काले भन्नुभयो ।

उहाँले सरकारले बिजुलीको बक्यौता उठाउनु हुँदैन कहिल्यै नभनेको बरु उद्योगी कतै मारमा परेका छन् कि भनेर पनि हेर्नुपर्ने बताउनुभयो । सरकारले ट्रङ्क र डेडिकेटेड लाइनवापतको रकम छुट दिन थाल्यो भनेर गलत प्रचार भइरहेको भन्दै गुनासो पनि पोख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू