अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१० | Colorodo: 05:25

सुनको मूल्य ९०० रुपैयाँ घट्यो

बिआरटीनेपाल २०८१ साउन ३२ गते ५:४९ मा प्रकाशित

स्थानीय बजारमा सुनको मूल्य ९०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेर कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एक हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार  ७४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया