अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१७ | Colorodo: 23:32

विपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको आग्रह

बिआरटीनेपाल २०८१ साउन ३१ गते ७:१४ मा प्रकाशित

गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अल अन्सारीले शिष्टाचार भेटघाट गर्नुभएको छ । बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री लेखक र राजदूत अलान्सारीबिच नेपाल र कताको गहिरिँदै गएको सम्बन्धका बारेमा चर्चा भएको हो । भेटमा गृहमन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन राजदूत अलान्सारीलाई आग्रह गर्नुभयो ।

त्यसका साथै कतारमा रहेका नेपाली कामदारहरूलाई २४ घण्टा नै बीमाको व्यवस्था तथा कतारमा रही मृत्यु एवं घाइते भएका नेपालीहरूको राहत र उद्धारमा जोड दिँदै उहाँले विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुटको व्यवस्था मिलाइ दिन आग्रह गनुृभयो ।सीमापार हुने आर्थिक अपराध नियन्त्रणका विषयमा नेपाल र कतारबिच सहकार्य बढाउनु पर्नेमा समेत मन्त्री लेखकले जोड दिनुभयो ।

त्यसैगरी राजदूत अलान्सारील विपिन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिनुभयो । कतारको विकासमा नेपालीहरूको सहयोगको प्रशंसा समेत राजदूतले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू