अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१० | Colorodo: 07:25

अफगानिस्तानका प्रधानमन्त्रीद्वारा शान्ति र सुरक्षा कायम गर्न आह्वान

बिआरटीनेपाल २०८१ साउन ३० गते ७:३७ मा प्रकाशित

अफगानिस्तानको कामचलाउ सरकारका कार्यवाहक प्रधानमन्त्री मुल्ला मोहम्मद हसन अखुन्दले अफगानिस्तानमा शान्ति र सुरक्षा कायम गर्न आह्वान गर्नुभएको छ । उहाँले युद्धग्रस्त मध्य एशियाली देशको पुनर्निर्माणका लागि प्रयास गर्न आह्वान समेत गर्नुभयो ।कार्यवाहक प्रधानमन्त्री अखुन्दले अफगानिस्तानमा शान्ति र सुरक्षा फर्केर आएको वर्तमान अवसरलाई प्रशासन सुदृढीकरण, सुशासन, सुरक्षा स्थायित्व र देशको पुनर्निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

अगस्ट १५, २०२१ मा, तालिबान बलले काबुलमा प्रवेश गरेको थियो । अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सेनाको फिर्ताको शुरुवातपछि सत्ता कब्जा गरेको थियो । फारिसियन क्यालेण्डरमा असद २४ भनेर चिनिने त्यो दिनलाई अफगान प्रशासनले अफगान राष्ट्रका लागि अमेरिकी नेतृत्वको सेनामाथि विजय दिवसको रूपमा र सार्वजनिक बिदाको रूपमा घोषणा गरेको छ । विजय दिवस मनाउनका लागि काबुलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने सडक र संवेदनशील क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । यस वर्ष असद २४ अगस्ट १४ मा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू