अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०९
| Colorodo: 04:24
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ कानुन बनेपछि द्वन्द्वका सबै पीडितहरूले न्यायको अनुभूति गर्ने विश्वास लिएको बताउनुभएको छ । टीआरसीसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस भएर बुधबारको बैठकमा छलफल भइरहेको छ। उक्त विधेयकमाथि बोल्दै सभापति देउवाले सशस्त्र द्वन्द्वको बेला भएका घटनाहरूले नेपाली समाजमा पीडा दिएको र लामो समयदेखि द्वन्द्व पीडितहरू न्यायको खोजीमा बसेको बताउनुभयो ।
‘उचित परिपूरण हुन नसकेका कारण पीडित स्वयं र परिवारजनले थप पीडा व्यहोर्नु परेको छ। यो विधेयक कानून बने पश्चात द्वन्द्वका सबै पीडितहरुले न्यायको अनुभूति गर्ने छन् भन्ने मैले विश्वास लिएको छु,’ सभापति देउवाले भन्नुभयो।