अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४२
| Colorodo: 01:57
कानुन, न्याय तथा मानव अधिकार समितिले प्रतिवेदनसहित संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरिएको हो ।
समितिका सभापति विमला सुवेदीले प्रतिवेदनसहित विधेयक पेस गर्नुभएको हो । यो विधेयक शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन सदनमा ल्याइएको हो । यस्तै, बैठकमा पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८० पनि पेस भएको छ । समितिका सभापति दिपकबहादुर सिंहले प्रतिवेदन पेस गर्नुभएको हो ।
साथै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले समितिको वार्षिक प्रतिवेदन, २०८१ पनि सदनमा पेस गर्नुभयो ।