अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 01:53

मधेश प्रदेशका ८ जना राज्यमन्त्री बर्खास्त, चौतर्फी दबाब थेग्न नसेकेको मुख्यमन्त्री सिंहको भनाइ

बिआरटीनेपाल २०८१ साउन २९ गते ५:२३ मा प्रकाशित

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गर्नुभएको छ । मधेश प्रदेशमा मन्त्री १२ जना र ८ जना राज्यमन्त्री गरेर २० जना मन्त्री बनाएपछि चौतर्फी आलोचना भइरहेको थियो ।

चौतर्फी आलोचना र आफ्नै पार्टी जनमतले पनि स्पष्टीकरण सोधेपछि मुख्यमन्त्री सिंहले आज ८ जना राज्यमन्त्रीलाई बर्खास्त गर्नुभएको हो । मधेशमा नेकपा (एमाले) का तीन, नेपाली कांग्रेस र जनमतका दुई/दुई जना र लोसपाका एक राज्यमन्त्री थिए । अब भने मधेश प्रदेश सरकारमा कांग्रेसका चार, एमालेका चार, जनमतका मुख्मयन्त्रीसहित तीन र लोसपाका एक जना गरी १२ जना मन्त्री रहेका छन् ।

प्रदेश सरकारप्रति यसै पनि आमरूपमा गलत धारणा फैलिइरहेका बेला ८ जना राज्यमन्त्री नियुक्त गरेको भन्दै सत्तारूढ नेपाली कांग्रेसका नेताहरू शेखर कोइराला, नैनसिंह महरलगायतले केन्द्रीय समिति बैठकमै आलोचना गर्नुभएको थियो भने जनमत पार्टीले पनि मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू