अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 04:12

विद्युत महशुलसम्बन्धि विवाद समाधानका लागि संसदीय छानविन समिति बनाऔं : सांसद शाही

बिआरटीनेपाल २०८१ साउन २९ गते ४:५६ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले डेडिकेटेड र ट्रक लाईनको वक्यौता रकम असुलीबारे छानविन गर्न संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सो विषय राष्ट्रिय बहसको विषय भएकाले यसको छानविनका लागि संसदीय समिति नै गठन गर्नुपर्ने उहाँको प्रश्ताव थियो । सांसद शाहीले कोभिडको बेलामा घाटामा गएका उद्योगहरुलाई विशेष छुट दिनुपर्ने कारण भएपनि अन्य अवस्थामा छुट दिनेकुरा मान्य नहुने पनि बताउनुभयो ।

सांसद शाहीले सरकारले सुशासनको मामिलामा के गर्छ रु भनि प्रश्न समेत गर्नुभयो । पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेको जिकिर गर्दै वर्तमान सरकारले त्यसलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू