अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४० | Colorodo: 04:55

आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

बिआरटीनेपाल २०८१ साउन २८ गते ५:३७ मा प्रकाशित

साउन महिनाको अन्तिम सोमबार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको व्रत बस्ने र पूजा गर्न आएका भक्तजन तथा बोलबम यात्रुको भीड लागेको हो । साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउन भक्तजन जाने गर्दछन् ।

दर्शनार्थीका लागि बिहानैदेखि मन्दिरमा सहज रूपमा दर्शन गर्ने व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानी लगायत व्यवस्थापन मिलाइएको बताइएको छ । यस्तै आज पशुपतिनाथका साथै गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर लगायत देशभरका शिवालयमा दर्शन गर्ने तथा पूजा गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू