अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१०
| Colorodo: 03:25
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रममा सुविधाको दायरा पाँच लाख रुपैयाँ पुर्याउन प्रस्ताव गर्नुभएको छ । मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले अनौपचारिक क्षेत्रलाई समेत समेटेर सामाजिक सुरक्षाका सबै कार्यक्रमलाई बिमामा समेट्ने गरी प्रक्रिया अघि बढाउने प्रस्ताव ल्याउनुभएको हो ।
मन्त्री पौडेलले बिमालाई प्रभावकारी बनाउन प्रेषण प्रणाली सहज बनाइने बताउनुभयो । आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निस्शुल्क उपचारका सबै कार्यक्रमलाई स्वास्थ्य कर कोषमा एकीकृत गरेर बिमामा जोड्ने मन्त्री पौडेलको योजना छ ।