अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२१ | Colorodo: 04:36

नेपालमा बालबालिकाको वार्षिक वृद्धिदर ऋणात्मक, बालिकाको संख्या घट्दै

बिआरटीनेपाल २०८१ साउन २६ गते ६:५० मा प्रकाशित

नेपालमा बालबालिकाको वार्षिक वृद्धिदर ऋणात्मक रहको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत बालबालिकासँग सम्बन्धित तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७ वर्षसम्म) रहेको देखिएको छ । तर, बालबालिकाको वृद्धिदर भने घटेको छ । २०६८ सालको तुलनामा समग्र जनसंख्या १०.१ प्रतिशतले बढेकोमा बालबालिकाको जनसंख्या भने १०.९ प्रतिशतले घट्न पुगेको कार्यालयले जनाएको छ । घट्ने मध्ये बालकको तुलनामा बालिकाको संख्या धेरैले घटेको छ ।

कार्यालयका अनुसार २०५८ सालको तुलनामा बालबालिकाको वार्षिक जनसंख्या वृद्धिदर ०.४६ प्रतिशत रहेको थियो । २०६८ सालबाट २०७८ सालमा पुग्दा वृद्धिदर माइनस १.१ प्रतिशत हुन पुगेको छ । यो अवधिमा बालकको तुलनामा बालिकाको वृद्धिदर ४ प्रतिशत बिन्दुले घटेको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू