अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४३ | Colorodo: 09:58

‘भैरव रिसालका छानिएका रचना – २’ सार्वजनिक

बिआरटीनेपाल २०८१ साउन २६ गते ५:२१ मा प्रकाशित

वरिष्ठ पत्रकार भैरव रिसालको सङ्कलति रचनाको सङ्ग्रह सार्वजनिक भएको छ । आज काठमाण्डौमा उहाँको ९७ औं जन्मदिनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ पत्रकार रिसालको सङ्कलित रचनाको सङ्ग्रह ‘भैरव रिसालका छानिएका रचना – २’ सार्वजनिक भएको हो । पुस्तक सिमल बुक पब्लिकेशनले प्रकाशित गरेको छ ।

पुस्तकमा रिसालले विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा लेखेका लेख तथा रचनालाई छानेर समावेश गर्नुभएको छ । पुस्तक सार्वजनिकिकरण कार्यक्रमका वक्ताले ९७ वर्ष पुग्नुनुभएका रिसालको ऊर्जाको प्रशंसा, उहाँकाे पत्रकारिताका दिन र लेखनमार्फत देशलाई योगदान पुर्‍याएको भन्दै सम्मान व्यक्त गर्नुभएको थियो ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रिसालले बहुमूल्य जिन्दगी बाँचेको बताउनुभयो । रिसालले आफ्नो छविलाई बेदाग बनाएको भन्दै यसले सबैलाई प्रेरित गरेको उहाँकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू