अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४३ | Colorodo: 09:58

सुशासन प्रत्याभूत भए मात्र दिगो विकास र सम्वृद्धिको आकांक्षा पूरा हुन्छ : राष्ट्रपति पौडेल

बिआरटीनेपाल २०८१ साउन २३ गते ७:२३ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र सम्वृद्धिको आकांक्षा पूरा गर्ने संवैधानिक दायित्वलाई सबैले आत्मसात् गर्नुपर्ने बताउनुभएको छ । नेपाल जन–प्रशासन सङ्घद्वारा आयोजित हेमबहादुर मल्ल सम्मान अर्पण समारोहलाई सम्बोधन गर्दै उनले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासन प्रत्याभूति भए मात्र दिगो शान्ति, सुशासन, विकास र सम्वृद्धिको आकांक्षा पूरा हुने बताउनुभयो ।

राष्ट्रपति पौडेलले मुलुकमा विधिको शासन सञ्चालन गर्न, नागरिकहरूलाई दिइने सेवामा दक्षता ल्याउन, सरकारी कामकारबाहीमा पारदर्शिता, जबाफदेहिता र उत्तरदायित्वको बढवा गरी सुशासन कायम गर्न प्राज्ञिक तथा पेसागत संस्थाहरूको ठुलो भूमिका रहेको उल्लेख गर्नुभयो । पौडेलले भन्नुभयो– ‘यी सबै कार्यमा तीनै तहका सरकारलाई सघाउ पुर्याउन तथा घच्घच्याउन नेपाल जन–प्रशासन संघ सधैँ क्रियाशील रहोस् ।’ उहाँले पूर्व प्रशासकहरूमाथि राज्यको ठुलो लगानी रहेको भन्दै सकारात्मक मन, उर्वरशील मस्तिष्क, सिपयुक्त हातहरूका माध्यमबाट मुलुकको संवृद्धि र जनताको हितका निम्ति राष्ट्रको सच्चा पहरेदार भएर काम गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू