अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०३
| Colorodo: 10:18
एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाकाे छानबिन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद्काे आकस्मिक बैठकले हेलिकप्टर दुर्घटनाकाे अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको हाे ।
नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा गठन गरिएकाे छानबिन समितिकाे सदस्यहरूमा एरोनोटिकल इन्जिनियरहरू विष्णु बस्नेत र तनुजा पोखरेल रहेका सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयाे । समितिलाई ३० दिनको कार्यादेश दिइएको छ ।
आज दिउँसाे नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा हुँदा हेलिकप्टरमा रहेका पाँच जनाकै ज्यान गएको थियाे ।