अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५८ | Colorodo: 04:13

पेरिस ओलम्पिक : अमेरिका २४ स्वर्णसहित शीर्ष स्थानमा

बिआरटीनेपाल २०८१ साउन २३ गते ५:२५ मा प्रकाशित

पेरिस ओलम्पिकमा अमेरिका २४ स्वर्णसहित शीर्ष स्थानमा रहेको छ । अमेरिकाले अहिलेसम्म २४ स्वर्ण, ३१ रजत र ३१ कास्यसहित सबैभन्दा धेरै ८६ पदक जितेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड्स र जर्मनी शीर्ष १० मा छन् ।दोस्रोमा रहेको चीनको २२ स्वर्ण, २१ रजत र १६ कास्यसहित कुल ५९ पदक छ । अष्ट्रेलिया १४ स्वर्ण, १२ रजत र नौ कास्य पदकसहित कुल ३५ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थानमा छ ।

त्यसैगरी चौथो स्थानमा रहेको फ्रान्सले १३ स्वर्ण, १६ रजत र १९ कास्यसहित ४८ पदक जितेको छ भने पाँचौँ स्थानमा रहेकाे बेलायतले १२ स्वर्ण, १५ रजत र १९ कास्यसहित कुल ४६ पदक जितेको छ ।पदक तालिकामा छैटाैँ स्थानमा रहेको दक्षिण कोरियाले ११ स्वर्ण, आठ रजत र सात कास्यसहित कुल २६ पदक जितेको छ भने जापान ११ स्वर्ण, छ रजत र १२ कास्यसहित २९ पदक जित्दै सातौँ स्थानमा छ ।

आठौँ स्थानमा रहेको इटालीले नौ स्वर्ण, १० रजत र सात कास्यसहित कुल २६ पदक जितेको छ भने नेदरल्याण्ड्सले आठ स्वर्ण, पाँच रजत र छ कास्यसहित कुल १९ पदक जित्दै नवौँ स्थानमा रहेको छ । जर्मनी आठ स्वर्ण, पाँच रजत र चार कास्यसहित कुल १७ पदक जितेर दशौँ स्थानमा छ ।

प्रतिक्रिया