अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२४ | Colorodo: 09:39

अमेरिकामा आर्थिक मन्दीको आशङ्काबीच विश्वभरको शेयर बजारमा गिरावट

बिआरटीनेपाल २०८१ साउन २२ गते ७:१९ मा प्रकाशित

अमेरिकामा आर्थिक मन्दीको आशङ्काबीच आज विश्वभरको शेयर बजारमा गिरावट आएको छ । युरोप, एशियासहित विश्वभरको शेयर बजार ओरालो लागेको हो ।आज जापानको स्टक एक्सचेन्ज ‘निकेई’ चार हजार चार सय ५१ अर्थात् १२ दशमलव ४० प्रतिशतले घटेर ३१ हजार चार सय ५८ विन्दुमा झरेको छ । यो सन् १९८७ यताकै उच्च गिरावट हो ।

यस्तै अमेरिकाको डो जोन्स एक दशमलव ५१ प्रतिशत, नास्डक कम्पोसाइट दुई दशमलव ४२ प्रतिशत र एस एन्ड पी फाइभ हन्ड्रेड एक दशमलव ८४ प्रतिशतले घटेको छ । यसैगरी युरोपमा जर्मनीको ‘ड्याक्स’ दुई दशमलव तीन प्रतिशत, फ्रान्सको क्याक फोर्टी एक दशमलव नौ प्रतिशत र बेलायतको फुट्सी एक सय दुई अंकले घटेको छ ।

साथै भारतीय स्टक एक्सचेन्ज सेन्सेक्स दुई दशमलव ७४ प्रतिशत र निफ्टी दुई दशमलव ६८ प्रतिशतले ओरालो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू