अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५३
| Colorodo: 04:08
प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै किसिमका भ्रष्टाचार रोकथाम, नियन्त्रण र अन्त्य गर्ने प्रतिबद्धतामा सरकार दृढ रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार निर्मूल गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको दोहोर्याउनुभयो । उहाँले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने दोहोर्याउनुभएको छ ।
भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्न ऐन संशोधन आवश्यक भएको जनाउँदै प्रधानमन्त्रीले देशलाई समृद्धिको बाटोमा अघि बढाउनु आफ्नो लक्ष्य भएको बताउनुभयो । यो सरकार प्रतिशोधका लागि नभई आर्थिक विकासका लागि गठन भएको बताउँदै ओलीले कसैलाई दुःख दिने मनसाय नभएको र भ्रष्टाचार गर्नेको अनुहार नहेर्ने दाबी गर्नुभयो ।