अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३० | Colorodo: 01:45

आज राति धेरै ठाउँमा ठूलो र केही ठाउँमा भीषण वर्षाको सम्भावना

बिआरटीनेपाल २०८१ साउन २२ गते ६:३६ मा प्रकाशित

अहिले पनि देशका केही ठाउँमा ठूलो पानी परिरहेको छ । गएरातिदेखिको पानी दिउँसो केहीबेर रोकिए पनि अहिले फेरि देशका केही ठाउँमा ठूलो पानी पर्न शुरू भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पछिल्लो तीन घण्टामा कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ, पाल्पा, नवलपरासी पश्चिम, रोल्पा, दैलेख, सुर्खेत लगायतका ठाउँमा ठूलो पानी परेको छ । यो क्रम भोलिसम्म नै रहने छ ।

आज राति पनि देशका धेरै ठाउँमा ठूलो र केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना छ । ताप्लेजुङ, पाँचथर, उत्तरी इलाम, सङ्खुवासभा, भोजपुर, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डौ उपत्यका, कास्की, बागलुङ, स्याङ्जा, लुम्बिनी प्रदेशका पूरै जिल्ला, पश्चिम तराईका पूरै जिल्ला र डडेलधुराका कतिपय ठाउँहरूमा अप्रत्याशित रूपमा ठूलो पानी पर्ने भएकाले सचेत रहन गृह मन्त्रालयअन्तर्गतको आपत्कालीन कार्यसञ्चालन केन्द्रले आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले हिजो नै विशेष बुलेटिन निकालेर ३४ वटा जिल्लामा उच्च जोखिम अर्थात् ुरेड अलर्टु जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू