अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४० | Colorodo: 12:55

कांग्रेस नेताहरूद्धारा हवाई सुरक्षाको बारेमा प्रधानमन्त्री ओलीसँग छलफल

बिआरटीनेपाल २०८१ साउन २१ गते ५:२६ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर देशको हवाई सुरक्षाबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुका भएको छलफलमा हवाई सुरक्षासँग जोडिएको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयकलाई संसद्बाट अगाडि बढाउनेलगायत समसामयिक विषयमा कुराकानी भएको कांग्रेस सांसद राजेन्द्र बजगाईंले जानकारी दिनुभयो ।

भेटमा प्रधानमन्त्री र कांग्रेस नेताहरूबीच हवाई सुरक्षा प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउँदै पर्यटन विकास र प्रवर्द्धनलगायत विषयमा छलफल भएको थियो । हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणले सेवा प्रदायक र नियामक दुवै काम गर्दा स्वार्थ बाझिन्छ । एउटै निकायले विमानस्थल बनाउने, विमान सञ्चालनका लागि अनुमति पनि दिनु अन्तर्राष्ट्रिय हवाई अभ्याससम्मत नदेखिएकाले प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायको रूपमा विभाजन गरी हवाई सुरक्षालाई थप सुदृढ र भरपर्दो बनाउन जरुरी रहेको कुरा आफूहरूले प्रधानमन्त्रीसँग राखेको कांग्रेस सांसद बजगाईंको भनाइ छ ।

युरोपेली सङ्घ (ईयू) ले नेपालको हवाई सुरक्षाप्रति चासो जनाउँदै नियमनकारी निकायलाई विभाजन गर्न सुझावसमेत दिएको छ । प्राधिकरणलाई दुई वटा निकाय बनाउने विधेयक यसअघि राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पेश नभई निष्क्रिय भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू