अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२७ | Colorodo: 05:42

काभा वुमन्स लिगमा इरानसँग नेपाल पराजित

बिआरटीनेपाल २०८१ साउन २० गते ८:२८ मा प्रकाशित

काभा वुमन्स नेसन्स भलिबल लिगमा घरेलु टिम नेपाललाई ३–२ ले हराउँदै इरानले प्रतियोगितामा दोस्रो जित हात पारेको छ । यो लिगमा नेपालको भने पहिलो हार हो ।आइतबार दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा इरानले २५–१६, १६–२५, २५–२३, १५–२५ र १५–१३ ले नेपाललाई हराएको हो । पहिलो र तेस्रो र पाँचौं सेट इरानले जित्यो । दोस्रो र चौथो सेट भने नेपालले जितेको हो ।पहिलो सेटमा सुरुवातदेखि नै दबाब बनाउँदै १७–८ को अवस्था सम्म आइपुग्दा नेपाल दबाबमा नै रहेको थियो । १९–११ को स्थितिमा इरानले पहिलो टाइम आउट लिँदै नेपालको मोमेन्टम ब्रेक गर्ने प्रयास गर्‍यो । सोही अनुरुप नेपालले पहिलो सेट २५–१६ मा सुम्पियो ।

दोस्रो सेटमा भने नेपालले ४–० को अग्रतासहित सुरु गर्‍यो । लगातार नेपालले अंक ल्याउँदा इरानले टाइम आउट लियो । तर टाइम आउटपछि पनि नेपालले लगातार अंक जोड्न भने छोडेन ।लगातार नेपालले अंक जोड्दा ७–१ को अवस्थामा खेलमा फर्किएको इरानले १०–३ मा खेल थियो । अन्ततः नेपालले दोस्रो सेट २५–१६ ले जित्यो ।तेस्रो सेटमा पूरै उतारचढावको सेट रह्यो । नेपालले ६–२ को अग्रता लिएको थियोे । तर इरानले कमब्याक गर्दै ९–८ को स्थितिबाट नेपालले पुनः खेलमा फर्कदै ११–१० को स्थितिमा ल्यायो ।

खेल २० को अंकमा पुग्दा इरानले २०–१८ ले अग्रता लियो । त्यसपछि खेल नेपालले २१–२१ मा फर्कायो । तर सेट भने इरानले २५–२३ ले जित्यो ।चौथो सेट पनि सुरुमा उतारचढाव भएपछि भने नेपालले २१–१२ को सेटमा पुनरागमन सहित २५–१५ ले चौथो सेट जित्यो ।पाँचौं सेटमा ८–६ ले इरानले अग्रता बनाउँदै कोर्ट परिवर्तन भयो । पाँचौं सेटमा १५–१३ ले इरानले जितेको हो ।नेपालले यसअघि श्रीलंकालाई ३–० को सेटमा र भारतलाई ३–२ को सेटमा पराजित गरेको थियोे । इरान भने पहिलो खेलमा भारतसँग ३–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो ।

प्रतिक्रिया