अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४० | Colorodo: 11:55

भारत मध्य प्रदेशमा घरको पर्खाल भत्किँदा ९ जना बालबालिकाको ज्यान गयो

बिआरटीनेपाल २०८१ साउन २० गते ७:१५ मा प्रकाशित

भारतको मध्य प्रदेशमा एउटा घरको पर्खाल भत्किँदा नौ जना बालबालिकाको ज्यान गएको छ । सागर जिल्लाका कलेक्टर दीपक आर्यले लगातारको वर्षापछि एउटा घरको पर्खाल भत्किएको र नौ जना बालबालिकाको निधन भएको जानकारी दिनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

आज बिहान साढे ८ बजेतिर घटना भएको थाहा पाएपछि नगर प्रशासन र नगरपालिकाको टोली घटनास्थलमा पुगेर भग्नावशेषबाट बालबालिकाको शव निकालेको थियो । दुई जना बालबालिकाको घटनास्थलमै र बाँकी सात जनाको अस्पतालमा लैजाँदै गर्दा ज्यान गएको हो ।

मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले सामाजिक सञ्जाल एक्समार्फत घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले मृतक बालबालिकाका परिवारलाई चार/चार लाख भारु राहत दिने घोषणा पनि गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू