अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२९ | Colorodo: 12:44

कर्णालीमा कांग्रेसका चार जना मन्त्रीले शपथ लिए

बिआरटीनेपाल २०८१ साउन २० गते ७:११ मा प्रकाशित

कर्णाली प्रदेशमा नेपाली कांग्रेसका चार जना मन्त्रीले शपथ लिएका छन् । कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूलाई आज प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।कांग्रेसबाट सामाजिक विकास मन्त्रीमा दैलेखका घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीव विक्रम शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा हुम्लाकी विजया बुढाले शपथ लिएका छन् ।

नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएपछि खाली रहेका मन्त्रालयमा कांग्रेसबाट चार जना नियुक्त भएपछि कर्णाली प्रदेश सरकारले पूणर्ता पाएको छ । माओवादीले गएको साउन ७ गते समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । यसअघि नेकपा एमालेबाट मुख्यमन्त्रीसहित एक राज्यमन्त्री र दुई मन्त्री गरी चार जना मन्त्री भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू