अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५८ | Colorodo: 13:13

भाेटाे देखाउने जात्राकाे दिन झन्डै १८ हजार ५ सय जनाले चिडियाखाना अवलाेकन गरे

बिआरटीनेपाल २०८१ साउन २० गते ७:१० मा प्रकाशित

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको दिन आज ललितपुरकाे जावलाखेलमा रहेको सदर चिडियाखानामा झन्डै १८ हजार पाँच सय जनाले अवलोकन गरेका छन् ।चिडियाखानाका सूचना अधिकृत गणेश कोइरालाका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष अवलाेकनकर्ताको सङ्ख्या घटेको छ । अघिल्लो वर्ष झन्डै २२ हजार जनाले चिडियाखाना अवलोकन गरेका थिए । कोइरालाका अनुसार जावलाखेलमा मच्छिन्द्रनाथको रथ लामो समय रहँदा धेरै दर्शनार्थीले पहिले नै पूजाआजा गरिसकेकाले यसपालि अवलाेकनकर्ताको सङ्ख्या घटेको हो ।

सामान्य दिनमा चिडियाखानामा झन्डै तीन हजार जनाले अवलोकन गर्ने गर्छन् । भोटो देखाउने जात्राको दिन भने २० हजारभन्दा बढी अवलाेकनकर्ता आउने चिडियाखानाको अनुमान थियो । आज चिडियाखाना बिहान ५ बजेदेखि नै खुलेको थियाे । आजका लागि चिडियाखानाले प्रवेश शुल्क ७५ रुपैयाँ ताेकेकाे थियाे । अरू बेला चिडियाखाना प्रवेशका लागि दुई सय रुपैयाँ टिकट लाग्छ । विद्यार्थीका लागि एक सय ३५, ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ, १२ वर्षसम्मका बालबालिकाका लागि ७५ रुपैयाँ तथा सार्क देशका विदेशी नागरिकका लागि पाँच सय रुपैयाँ र सार्कबाहेकका देशका नागरिकका लागि एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू