अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५७ | Colorodo: 13:12

रास्वपाले स्थानीय छायाँ सरकार गठनको अभ्यास थाल्ने

बिआरटीनेपाल २०८१ साउन १९ गते ७:३९ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लाई चरणबद्ध रुपमा स्थानीय छायाँ सरकार गठनको अभ्यास थालनी गर्न सुझाव दिइएको छ । रास्वपाको दुई दिने बन्द कार्यशालाले पार्टीले उक्त अभ्यास थाल्ने सुझाव दिएको हो । त्यस्तै कार्यशालाले आउँदो असोज ३ र ४ गते राष्ट्रिय भेला आयोजना गरी राष्ट्रिय महाधिवेशन २०८२ वैशाख तेश्रो सातामा गर्न सुझाव दिएको छ ।

पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्न आयोजना गरिएको बन्द कार्यशाला शनिबार सकिएको छ । कार्यशालामा पार्टीको विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य(मान्यता र लिडरसीप एकेडेमीरक्यान्डिडेट क्लब गरी ६ विधामा छलफल गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू